महेन्द्रनगर । नेपाली सेनाले देशैभर निषेधाज्ञा तथा कर्फ्यु जारी गरेको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले देशैभर एकैपटक निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जनाएको हो ।
बुधबार साँझ ५ बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र साँझ ५ बजेपछि बिहीबार बिहान ६ बजेसम्म कर्र्फ्यु आदेश जारी रहने सेनाले जनाएको छ ।
यस्तो छ सेनाको सूचना –

