निर्माण व्यवसायी संघद्वारा सम्पादक तिवारीलाई पत्रकारिता क्षेत्रको सम्मान

सम्पादक तिवारीले २४ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील रही समाजका मुद्दालाई उठान गरेकोमा सम्मान गरेको जनाएको छ । उनी २०५८ सालदेखि पत्रकारितामा क्रियाशील छन् । उनी पत्रकार महासंघ कञ्चनपुरको २ कार्यकाल सचिव र १ कार्यकाल अध्यक्ष भइसकेका छन् ।

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले पत्रकारिता क्षेत्रमा २४ वर्ष योगदान गरेकोमा अभियान दैनिकका सम्पादक लक्ष्मण तिवारीलाई पत्रकारिता क्षेत्रको सम्मान प्रदान गरेको छ ।

संघको १५औं अधिवेशन तथा २८औं वार्षिक साधारण सभाको अवसरमा सम्मान प्रदान गरिएको छ ।

सभाका प्रमुख अतिथि तथा गृहमन्त्री रमेश लेखकले सम्पादक तिवारीलाई सम्मानित गरेका छन् । संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टको सभापतित्वमा भएको सभामा गृहमन्त्री लेखकले सम्पादक तिवारीलाई दोसल्ला र सम्मान पत्रसहित सम्मानित गरे ।

सम्पादक तिवारीले २४ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील रही समाजका मुद्दालाई उठान गरेकोमा सम्मान गरेको जनाएको छ । उनी २०५८ सालदेखि पत्रकारितामा क्रियाशील छन् । उनी पत्रकार महासंघ कञ्चनपुरको २ कार्यकाल सचिव र १ कार्यकाल अध्यक्ष भइसकेका छन् ।

संघले शिक्षा क्षेत्रबाट पूर्वशिक्षिका नारा जोशी र सुदूरपश्चिम विश्वविद्यालय भाषा आयोगका अध्यक्ष टिकेन्द्रप्रसाद भट्टलाई सम्मानित गरेको छ । संघले समाजसेवि बिनोद बिष्ट, शिक्षा क्षेत्रमा लामो समय योगदान पुयाउने शिक्षिका नारा जोशी, शिक्षक टिकेन्द्र प्रशाद भट्ट र अग्रज निर्माण ब्यावसायीलाई पनि सम्मानित गरेको छ ।

संघको साधारण सभामा जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

More From Author

निर्माणमा गुणस्तर र समयमै सम्पन्नता आवश्यक : गृहमन्त्री लेखक

कञ्चनपुरमा जेनजी प्रदर्शन : कांग्रेस–एमाले पार्टी कार्यालयमा आगजनी, चोकचोकमा आन्दोलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *