महेन्द्रनगर : कञ्चनपुर उद्योग वाणिज्य संघले दिवाकर भट्टलाई १७ औं कार्यसमिति सदस्य पदमा मनोनयन गरेको छ।
संघको संशोधित विधान २०७६ को परिच्छेद ५ को दफा ३२ को उपदफा ३२.२.१ अनुसार अध्यक्षले वाणिज्य क्षेत्रबाट १ जना कार्यसमिति सदस्य मनोनयन गर्ने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार भट्टलाई मनोनयन गरिएको संघले जानकारी दिएको हो।
संघका अध्यक्ष पिताम्बर जोशीद्वारा जारी पत्रमा उद्योग व्यवसायीहरूको हकहित संरक्षण र संस्थागत सबलीकरणका लागि भट्टको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिएको छ।
संघले आगामी दिनमा उद्योग तथा व्यवसायीको आर्थिक पक्ष सबल बनाउनका लागि भट्टको सक्रिय योगदान रहने विश्वास व्यक्त गरेको छ।