नाम जस्तै काम पनि ! आसलाग्दा युवाको निर्माणमा ईण्ट्री

निर्माण व्यवसायी संघको निर्वाचन

महेन्द्रनगर – निर्माण व्यवसायी संघ कञ्चनपुरको आसन्न १५औं अधिवेशनमा युवा व्यवसायी ब्रिज किशोर चन्दले सचिव पदका लागि उम्मेदवारी दिएका छन्। व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका चन्द एक दशकअघि निर्माण क्षेत्रमा प्रवेश गरेका हुन्।

शालिन, शान्त र सबैलाई मिलाएर लैजान सक्ने क्षमताका कारण व्यवसायीबीच छुट्टै पहिचान बनाउन सफल चन्द अहिले भेटघाट र समर्थन जुटाउने अभियानमा सक्रिय छन्।

चन्दले संघ बाहिर रहेका व्यवसायीलाई आवद्ध गर्ने, खरिद तथा निर्माणसम्बन्धी ऐनबारे व्यवसायीलाई नियमित तालिम दिने लगायतका योजना अघि सारेका छन्। “ऐन संशोधन र परिवर्तनबारे समयमै जानकारी नपाउँदा व्यवसायीले जरिवाना तिर्ने र घाटा बेहोर्नुपर्ने अवस्था आउँछ। त्यसलाई रोक्न त्रैमासिक तालिम सञ्चालन गरिनेछ,” उनले बताए।

उनले कार्यालय र निर्माण व्यवसायीबीच हुने विवादलाई समन्वयमार्फत सहज ढंगले समाधान गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

२०७२ सालमा निर्माण व्यवसायको लाइसेन्स प्राप्त गरी व्यवसाय सुरु गरेका चन्द यसअघि पनि संघको सदस्यका रुपमा सक्रिय रहेका छन्। बुवाले सञ्चालन गरेको इँटा उद्योगलाई पछ्याउनुभन्दा अलग आफ्नो पहिचान बनाउन निर्माण क्षेत्रमा प्रवेश गरेका उनले हालसम्म गरेका काम गुणस्तरीय र समयमै सम्पन्न भएको व्यवसायीहरुले बताएका छन्।

“देश विकासको प्रमुख क्षेत्र निर्माण हो। यो क्षेत्रमा गुणस्तरीय काम भए मात्र देशले प्रगति गर्न सक्छ,” चन्दले भने।

सबैसँग मिल्न र मिलाउन सक्ने क्षमताका कारण आफू सचिवमा विजयी हुने विश्वास चन्दले व्यक्त गरेका छन्।

More From Author

स्नातकोत्तरपछि निर्माण व्यवसायमा होमिएका अवस्थी, संघ अध्यक्षका उम्मेदवार

थोरै बोल्ने सबैलाई आदर गर्ने बैज

Leave a Reply

Your email address will not be published. Required fields are marked *