खेलकुदब्रेकिङ्ग

भारतसँगको क्रिकेटमा शतक हान्ने नेपाली खेलाडीलाई गुरुकुलले ५१ हजार दिने

महेन्द्रनगर । नेपाल र भारतबीच आज हुने क्रिकेट प्रतियोगितामा शतक हान्ने नेपाली खेलाडीलाई गुरुकुल इन्टरनेसनल स्कूलले ५१ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

स्कूलका संयोजक प्रमोद श्रेष्ठले गुरुकुलले शतक हान्ने खेलाडीलाई ५१ हजार दिने जानकारी दिए ।

यसअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नेपालका लागि शतक हान्ने र ४ विकेट लिने खेलाडीलाई १/१ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।

एसिया कप क्रिकेटअन्तर्गत आज नेपाल र भारतबीच खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्