ब्रेकिङ्गसमाचार

बिश्वबिद्धालय नजिकैबाट खैरोहेरोईन सहित एक पक्राउ

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ बस्ने एक युवक ब्राउनसुगर सहित समातिएका छन् । पुष्पलालचोकमा रहेको अस्थायी प्रहरी बिटको टोलिले ब्राउनसुगर सहित ती युवकलाई नियन्त्रणमा लिएको हो ।

बुधबार बिहान ११ बजे सुचनाको आधारमा भीमदत्तनगरपालिका १३ नयाँ गाउँ निवासी २७ बर्षिय संजय साउदलाई सुदुरपश्चिम बिश्वबिद्धालय नजिकै बाट१.८ मिलिग्राम खैरोहेरोईन सहित पक्राउ गरेको हो ।

प्रहरी सहायक निरीक्षक भानुराम औजि र हवल्दार दिपेन्द्र चन्द सहितको टोलिले निज युवकले प्रयोग गरेको बा ४९ प ४४४२ नम्बरको मोटरसाइकल समेत बरामद गरेर जिल्ला प्रहरी कार्यालय चलान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्