विपन्न २० परिवारलाई चप्पल वितरण
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवामा विपन्न परिवारलाई चप्पल वितरण गरिएको छ ।
ट्रान्सफर्मेटिभ सोसायटी अफ नेपाल कञ्चनपुरका अध्यक्ष चाँदनी ऐरको अगुवाइमा चप्पल वितरण गरिएको हो ।
जिमुवाका २० परिवारलाई चप्पल वितरण गरिएको अध्यक्ष ऐरले बताइन् ।
चप्पल वितरणमा जयराज ओझाको पहल र भारतीय नागरिकहरू सशीकान्त शर्मा, उदय करनको सहयोग रहेको उनले बताइन् ।