शेर बहादुर देउवा भाग्यले हैन योग्यताले ५ पटक प्रधानमन्त्री भएका हुन् : मन्त्री साउद
अछाम । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली कांग्रेस गाउँ कार्यसमिति चौरपाटी अछामद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा धेरै मान्छेले भन्छन शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन्। उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन। तपाईं कसैलाई पाउनु हुन्छ ५ पटक लट्री परेको मान्छे? कहिँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ? शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो, पार्टीको विचारले हुनुभएको हो।नेतामा योग्यता, पार्टीमा विचार र चिन्तनले यो कुरा भएको हो। किन भने यो पार्टी सबै पार्टीलाई संगसंगै लैजान सक्ने पार्टी हो।
अन्तरास्ट्रिय शक्तिलाई आश्वस्त र विश्वस्त पार्न सक्छौं। लगानीमैत्री वातावरण बनाएर आर्थिक वृद्धिको प्रक्रियालाई अगाडि बढाउन सक्ने भएकाले हामी लोकतन्त्रका सबैभन्दा भरपर्दो पार्टी हौँ।
नया नया पार्टी आइरहेका छन। सोसल मिडिया बाहेक उनीहरुको कतै संगठन छैन।
उनीहरु अर्का पार्टीका कार्यकर्तालाई हामीलाइ भोट दिनु भन्छन।पार्टी पद्दतिमा विश्वाश गर्दैनन। पारटी पद्दतिमा विश्वास नगर्नेले देश सञ्चलन गर्न सक्दैनन। त्यही भएर लगातार विवादमा परिराखेका छन।
वामपन्थीको चिन्तन उत्पादन नबढाउने, वितरणमात्र बढाउने हुन्छ। बाँड्दै जाँदा सबैलाई पुग्ने गरि बाँड्नु पर्छ। तर उनीहरु सबैलाई पुग्ने गरि बाँड्दैनन। कतै धेरै त कतै अनिकाल पर्ने गरि बितरण गर्छन।आर्थिक अनिकाल आउने परिस्थिती निर्माण गरेको छ एमाले नेतृत्वको सरकारले।