खेलकुदब्रेकिङ्ग

कबड्डी संघ कञ्चनपुरको अध्यक्षमा पुनः महेश चन्द निर्वाचित

महेन्द्रनगर । कबड्डी संघ कञ्चनपुरको अध्यक्षमा पुनः महेश चन्द निर्वाचित भएका छन् ।

संघको बुधबार भएको दोस्रो जिल्ला अधिवेशनले चन्दको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको छ ।

अध्यक्ष महेश चन्दको सभापतित्व र अखिल नेपाल कबड्डी संघका केन्द्रीय सदस्य तथा अधिवेशन प्रतिनिधि कृष्णदेव पन्तको उपस्थितिमा अधिवेशन भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा रमेशचन्द्र ओझा, सचिवमा गणेशदत्त भट्ट, कोषाध्यक्षमा जयबहादुर बोहरा, सदस्यहरूमा तारासिंह भाट, हरिना भण्डारी, सरिता मल्ल, खगेन्द्रप्रसाद जोशीसहित ८ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ ।

कार्यक्रममा कञ्चनपुर जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरि, कार्यालय प्रमुख गोपालदत्त भट्ट, कबड्डीका पहिलो राष्ट्रिय खेलाडी बिशन चन्द, कबड्डी प्रशिक्षक विष्णुदत्त भट्ट, पूर्व प्रशिक्षक दिनेश पालसहित कबड्डी आवद्ध खेलप्रेमी तथा खेलाडीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्