ब्रेकिङ्गसमाचार

दोधाराचाँदनीकी २३ वर्षीया एकमाया खत्री बेपत्ता

महेन्द्रनगर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–५ निवासी एकमाया खत्री साउँद बेपत्ता भएकी छन् ।

मंगलवार बिहान दिदीको घर जान्छु भनेर गएकी खत्री त्यसपछि सम्पर्कविहीन भएकी परिवारले जनाएका छन् । उनी दिदीको घरमा पनि पुगेकी छैनन् ।

उनको घरमा ४ वर्षको बच्चा पनि रहेको छ । उनी सम्पर्कविहीन भएपछि आफन्तले एक अपिल जारी गर्दै कहीँकतै देखेमा खबर गर्न आग्रह गरेका छन् ।

कतै देखेमा देव भण्डारीलाई ९८४८२१५२७३ र रोशन साउँदलाई ९८४७८११६८७ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्