भीमदत्त नगरपालिका कबड्डी संघ गठन, देशकै पहिलो पालिका स्तरको संघ बन्यो


महेन्द्रनगर–नेपालमै पहिलो पटक पालिका कवड्डि संघ गठन भएको छ ।

बुधबार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा निरज चन्दको अध्यक्षतामा १३ सदस्यीय कवड्डि संघको गठन भएको हो ।

अखिल नेपाल कबड्डी संघका अध्यक्ष महेश चन्द, उपाध्यक्ष यज्ञ प्रसाद शर्मा, कञ्चनपुर जिल्ला खेलकुद समितिका कबड्डी प्रशिक्षक विष्णु दत्त भट्ट, भीमदत्त नगरपालिका खेलकुद समितिका अध्यक्ष सरद चन्द तथा कबड्डी शिक्षक नारायण चन्दको आतिथ्यतामा संघको गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस्