ब्रेकिङ्गसमाचार

कञ्चनपुरका पत्रकारले मागे एसपीको सरुवा

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाको सरुवा माग्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको बैठकले एसपी थापा पत्रकार मैत्री नभएको र पत्रकारमाथि दादागिरी गर्ने गरेकाले सरुवा माग्ने निर्णय गरेको हो ।

कञ्चनपुरको सुकासालमा भिडियो फोटो खिचिरहेका बेला कञ्चनपुर प्रहरीले २ जना पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई नियन्त्रणमा लिएपछि पत्रकार आक्रोशित बनेका छन् ।

आगामी ५ दिनभित्र एसपी थापाको सरुवा गर्न प्रहरी महानिरीक्षकलाई पत्राचार गर्ने, ५ दिनभित्र सरुवा नभए एसपी सहभागी कार्यक्रम बहिष्कार गर्ने र पत्रकारको सुरक्षाका विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्