दोधाराचाँदनीमा १० ज्येष्ठ नागरिकलाई सम्मान
महेन्द्रनगर । नेकपा एमाले दोधाराचाँदनी नगर कमिटीले १० जना ज्येष्ठ कम्युनिस्ट नागरिकलाई सम्मान गरेको छ ।
पार्टीको मिसन ग्रासरुट अभियानको समापन गर्दै नगर कमिटीले सम्मान कार्यक्रम गरेको हो ।

नगर कमिटी अध्यक्ष हरिसिंह धनाडीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी पोलिटब्युरो सदस्य नारदमुनि राना थिए भने केन्द्रीय प्रतिनिधि पवित्रा तिमिल्सिना र जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा सुरेन्द्र पुजारा, लालबहादुर बुढाक्षेत्री, हंशसिंह साउँद, अमरसिंह ठगुन्ना, वीरसिंह भण्डारी, मोहन थापा, तिलबहादुर सुनार, भनीराम खत्री, श्यामलाल सुनार र नरबहादुर ठकुरीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा १० वटै वडाका वडा अध्यक्षहरूले दुई महिने कार्यक्रम अन्तर्गत भएको कामको प्रगति ,पार्टीको स्थिति, समस्या र समाधानका प्रयासबारे रिपोर्टिङ पेश गरेका थिए ।
कार्यक्रममा बोल्दै अतिथिहरूले अभियानले पार्टी चलायमान भएको, कमिटीहरू परिचालन भएका, आन्तरिक समस्या पहिचान भई समाधान भएका धारणा राखेका छन् ।