ब्रिस्टन फुटसल प्रतियोगिता २०२२ को उपाधी सुप विश्वविद्यालयलाई

महेन्द्रनगर । सोमबार साझ भएको ब्रिस्टन फुटसल प्रतियोगिता २०२० को उपाधी सुदुरपश्चिम  विश्वविद्यालयको टीमले हात पारेको छ ।
 उक्त फाईनल खेलमा बैजनाथ माध्यमीक विद्यालय जडेपानीको टीमलाई १२–६ सेटमा पराजीत गर्दै विश्वविद्यालयले उपाधी हात पारेको हो ।

महेन्द्रनगर स्थित ब्रिस्टन कलेजको sports & entertainment club ले आयोजना गरेको फुटसल प्रतियोगितामा विजेता सुपविश्वविद्यालयले ३० हजार सहित  ट्रफी हात पारेको हो । उपविजेता बैजनाथ मावीलाई रु १५ हजार सहित ट्रफीले सम्मानीत गरिएको छ ।
 शनिवारदेखी भएको खेलमा विभिन्न विद्यालयका नौ वटा टीमले सहभागीता जनाएको र कलेजमा पठनपाठन संगै खेलकुदलाई पनि प्राथमिकतामा राखेको ब्रिस्टन कलेजको स्पोस्टस ईन्टरटेनमेन्ट क्लबले जनाएको छ ।

प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि एंव ब्रिस्टन कलेजका अध्यक्ष नेत्रराज चटौतले खेलकुदमा खेलाडीहरुको अनुशासन,लगनशीलतालाई मुख्य आकर्षण मानिने बताउनुभयो ।
 कलेजका प्रिन्सिपल निशा भट्टले छोटो समयमा कलेजको स्पोस्टस एण्ड ईन्टरटेनमेन्ट क्लबले उत्कृष्ट प्रतियोगिता सम्पन्न गरेको भन्दै प्रशंसा गर्नुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई समेत अवार्ड प्रदान गरिएको थियो ।  प्रतियोगितामा रेडियन्ट मावी महेन्द्रनगर, जनज्योती क्याम्पस, International, SARC, LBA,सुदूरपश्चिम विश्वविद्यालय,आर्दश विद्यालय निकेतन, बैजनाथ मावी जडेपानी र आयोजक ब्रिस्टन कलेका दुई वटा टीमले सहभागीता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्