माओवादीबाट उम्मेदवार रहेका २ महिलासहित ७ जना एमालेमा प्रवेश

महेन्द्रनगर । गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका २ महिलासहित ७ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आईतबार दोधाराचाँदनी नगरपालिका–९ लमाल टोलमा आयोजित कोणसभामा ७ जनाले एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार निरुदेवी पाल, निवर्तमान सांसद डा. दिपकप्रकाश भट्ट, प्रदेशसभा सदस्य उम्मेदवार सुरेन्द्र विष्ट, समानुपातिक उम्मेदवार लक्ष्मी विकले पार्टीमा स्वागत गरेका छन् ।

एमाले प्रवेश गर्नेमा माओवादीबाट दलित महिला सदस्य उम्मेदवार हरिकला सुनार, महिला सदस्य उम्मेदवार नारायणी शर्मा, स्वतन्त्रबाट दलित महिला सदस्य उम्मेदवार मानकुमारी सुनार, कांग्रेसबाट झिरकुली चदारो, सगुनी ओखेडा, विष्ना रावत र लीली धामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्