बैंकको व्याज १ अंकमा कायम गर्न निजी क्षेत्रका व्यवसायीको माग

महेन्द्रनगर । कञ्चनपुरमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने विभिन्न संघसंस्थाले बैंकको व्याज १ अंकमा कायम गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालप्रसाद अर्यालमार्फत नेपाल राष्ट्र बैंकलाई पठाइएको ज्ञापनपत्रमा व्याजदर नियन्त्रण गर्न माग गरिएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष दिनेश मल्ल नेतृत्वको प्रतिनिधिमण्डलमा कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जनप्रसाद भट्ट, महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरराज पन्त, होटल व्यवसायी संघका अध्यक्ष जगदिशचन्द्र भट्ट लगायत निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संघसंस्था सहभागी थिए ।

कर्जामा बढाइएको व्याजदर तुरुन्त घटाई १ अंकमा कायम गर्नुपर्ने, बैंकले सेवा शुल्क र कर्जा शुल्क लगायत बढाएका शुल्क यथाशीघ्र हटाएर गत वर्षको शुल्क कायम गर्नुपर्ने लगायत ८ सूत्रीय माग ज्ञापनपत्रमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्