कंचनपुरका बाख्रा पालकहरु एकजुट, अध्यक्षमा शक्ति पन्त
महेन्द्रनगर । नेपाल व्यवसायिक बाख्रा पालक महासंघ कञ्चनपुरको प्रथम जिल्ला भेलाबाट जिल्ला कार्यसमिति गठन भएको छ ।
मंगलबार सम्पन्न महासंघको जिल्ला भेलाबाट शक्ति पन्तको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा जानकी कार्की(बिष्ट), सचिवमा विर बहादुर महता, सह सचिवमा भोज बहादुृर विष्ट कोषाध्यक्षमा टिकेन्द्र महरा चयन भएका छन् ।

त्यसैगरी सदस्यमा डब्वल सिंह धामी, गोपाल बहादुर चन्द, सिता बोगटी, धन बहादुर विष्ट, विजय चन्द, गगन सिंह महरा, विष्णु चलाउने, नर बहादुर बोहरा, भान बहादुर श्रेष्ठ, धिरेन्द्र भण्डारी, राम बहादुर विष्ट, लोक सिंह नायक, सुर्य बहादुर बुढा र उमा चन्द चयन भएका छन् ।
पासाङ्ग तमाङ्ग संयोजकत्वको निर्वाचन समितिले उक्त कार्यसमिति निर्वाचित भएको घोषणा गरेको हो ।
बाख्रा पालक कृषकहरुका समस्या समाधान गर्न महासंघको गठन भएको नव निर्वाचित अध्यक्ष शक्ति पन्तले बताईन ।
उनले जति सक्दो बाख्रा पालक किसानको हकहितका लागि कामगर्ने बताउदै आफुलाई अध्यक्षको जिम्मेवारी दिएकोमा बाख्रा पाकल कृषकहरुलाई धन्यवाद दिईन ।