कंचनपुर निर्माण ब्यावसायी संघको अध्यक्षमा अवस्थीको दावी
महेन्द्रनगर । कंचनपुर निर्माण ब्यावसायी संघको आगामी नेतृत्वकालागि पुष्पराज अवस्थीले दावी गरेका छन् । अवस्थीले बिहिबार पत्रकार सम्मेलन गरेर १४ औं अधिवेशनमा अध्यक्ष पदको उम्मेदवार घोषणा गरेका छन् ।
केही समर्थक निर्माण ब्यावसायीका साथ पत्रकार सम्मेलन गरेका अवस्थीले टिम भने अहिले नबनाएको बताए ।
‘ भदौ १४ गते सम्म नविकरणको समय छ, त्यसपछि टिम सार्वजनिक गर्छौ ।’

२०५४ सालदेखि निर्माण ब्यावसायीमा आबद्ध अवस्थी हाल कंचनपुर निर्माण ब्यावसायी संघको वरिष्ठ उपाध्यक्ष समेत हुन् । यस अघि उनले एक कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष सहित तीन कार्यकाल संघको पदाधिकारीमा अनुभव सम्हालेका छन् ।
कोभिडपछि समस्या, महङ्गी र सरकारी नितिका कारण निर्माण ब्यावसायीहरुमा देखा परेको समस्या समाधान गर्ने उनले बताए ।
भदौ २५ गते कंचनपुर निर्माण ब्यावसायी संघको नयाँ नेतृत्वको लागि मतदान हुदैछ ।