ब्रेकिङ्गशिक्षासमाचार

गेटामा चिकित्सा विश्वविद्यालय बनाउन प्रतिनिधि सभामा सांसद भट्टको गुहार, यस्तो लेखे पत्र

महेन्द्रनगर । कैलालीको गेटामा संरचना निर्माण भएको ठाउँमा राष्ट्रिय चिकित्सा विश्वविद्यालय स्थापनाका लागि कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टले प्रतिनिधि सभामा गुहार लगाएका छन् ।

बिहीवार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिलाई पत्र लेख्दै सांसद भट्टले चिकित्सा विश्वविद्यालयबारे छलफल चलाउन माग गरेका छन् ।

चिकित्सा विश्वविद्यालय स्थापनाका लागि भट्टले यसअघि सरोकारवाला पक्षसँग पटक–पटक सामूहिक छलफल गरेका छन् भने प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएका छन् । सांसद भट्टले संसदमा डोट्याली भाषामा बोलेर विश्वविद्यालय स्थापनाको माग गरेको भिडियो भाइरल समेत भएको थियो ।

चिकित्सा विश्वविद्यालय स्थापनाको अभियानमा डा. भट्ट थाकेका छैनन् । उनले नेपालको पहिलो राष्ट्रिय चिकित्सा विश्वविद्यालय गेटामा बनाउन माग गरेका छन् ।

‘गेटामा चिकित्सा विश्वविद्यालय स्थापना गर्ने सन्दर्भमा अतिआवश्यक छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सहितको समितिको बैठक बोलाउन हुनका लागि अनुरोध गर्दछु,’ समिति सभापतिलाई लेखिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्