युवा संघका नेता सिंहले वृद्धवृद्धा र बालबालिकासङ्ग मनाए जन्मदिन

महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपालका निवर्तमान अध्यक्ष वचनबहादुर सिंहले आफ्नो जन्मदिनको अवसरमा फलफूल र खाद्यान्न वितरण गरेका छन् ।

बेदकोट नगरपालिकाको रौटेलास्थित वृद्धाश्रम र महेन्द्रनगरको बाल अनाथालयमा फलफूल र खाद्यान्न वितरण गरिएको हो ।

बाल अनाथालयका बालबालिकालाई पढाइका लागि कापीकलम समेत वितरण गरिएको छ । नेता सिंहले आफ्नो जन्मदिन वृद्धवृद्धा र बालबालिकासँग मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्