दोधाराचादनीमा सेनाले बनायो शवदाह गृह, नगरपालिकालाई हस्तान्तरण
महेन्द्रनगर । सेनाको २५ नम्बर बाहिनी अन्तर्गत रहेको श्रीदल गुल्म गुल्मले दोधाराचादनीमा निर्माण गरेको शवदाह गृह नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
दोधाराचादनी -६ को सिमामा पर्ने महाकाली नदि किनारमा श्रीदल गुल्मले झन्डै ९ लाखको लागतमा शवदाह गृह निर्माण गरेको हो ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि २५ नम्बर बाहिनीका बाहिनीपति पुरुषोत्तम ढकालले दोधाराचादनीका नगर प्रमुख किशोर लिम्बुलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा श्रीदल गुल्मका गुल्मपती भीष्म केसि, नगर उपप्रमुख गंगा जोशी, वडा नम्बर ६ का अध्यक्ष ओम बस्नेत र इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक भरत गिरिको उपस्थिति रहेको थियो ।