शुक्लाफाँटामा नगर विकासको गुरुयोजना बनाएर काम गर्छाैं : नवनिर्वाचित मेयर महरा

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख (मेयर) रणबहादुर महराले नगर विकासको गुरुयोजना बनाएर काम गर्ने बताएका छन् ।

नवनिर्वाचित मेयर महराले मंगलबार महेन्द्रनगरमा पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै योजनाबद्ध विकास गर्ने बताए ।

‘नगर विकासका लागि नयाँ ढंगले गुरुयोजना बनाउँछौं, ५ वर्षमा के–गर्न सकिन्छ योजना बनाउँछौं,’ उनले भने ।

स्वास्थ्य र शिक्षामा थुप्रै परिवर्तन गर्ने उनले बताए । ‘शिक्षाको सन्दर्भमा पुरानो सिस्टमले अब चल्न सक्दैन, त्यसलाई नयाँ ढंगले कसरी लैजाने भनेर शिक्षा क्षेत्रका विज्ञसँग छलफल चलाउँछौं,’ उनले भने । 

आफ्नो कार्यकालमा कृषितिर बढी केन्द्रित हुने उनले बताए । ‘हामी कृषिमा फोकस गर्न चाहन्छौं, कृषिका विज्ञ बोलाएर कुन वडामा के सम्भावना हुन्छ योजना बनाउँछौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्