महेन्द्रनगरसँग जोडियो डडेल्धुराको दुर्गम मलास, जोडिँदाको सुख ! (फोटो फिचर)
महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिका-७ मलास सडक सञ्जालसँग जोडिएपछि स्थानीय खुसी भएका छन् ।

तराईको निकटवर्ती शहर महेन्द्रनगरसँग मलास सडक सञ्जालमा जोडिएको छ । सडक नहुँदा मलासवासीले २ घण्टा पैदल हिँडेर अत्यावश्यक सामग्री महेन्द्रनगरबाट खरिद गरेर लैजानुपर्ने बाध्यता थियो भने बिरामीलाई डोकोमा बोकेर अस्पताल पुर्याउनुपर्थ्यो ।

मलासवासीले वडा कार्यालय पुग्न ३ घण्टा र परशुराम नगरपालिका कार्यालय पुग्न ७ घण्टाको यात्रा गर्नुपर्ने बाध्यता कायमै छ तर मलासवासी कञ्चनपुरको महेन्द्रनगर १ घण्टामा पुग्न सक्ने भएका छन् ।

सडक बनेपछि महेन्द्रनगरबाट मलास नियमित जीप सेवा सञ्चालनमा छ । मलास कञ्चनपुरको विष्णु मन्दिरबाट १० किलोमिटर र महेन्द्रनगर बजारबाट १६ किलोमिटर मात्रै टाढा पर्छ ।

सडक बनेपछि डडेल्धुराका बड्डी मलास, पिपलकोट र कसानका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् ।



