भीमदत्त १५ मा १५ दिने पोतेमाला तालिम सम्पन्न
महेन्द्रनगर । भीमदत्त नगरपालिका–१५को वडा कार्यालय र निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा पोतेमाला बनाउने तालिम सम्पन्न भएको छ ।

१५ दिनसम्म संञ्चालन गरिएको तालिमबाट २० जना महिला प्रशिक्षित भएका छन । बुधबार सम्पन्न समापन समारोहमा बोल्दै वडा नं. १५ का अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि भिम बहादुर साँहुले सानो सिपबाट स्वरोजगार र उद्यमशिलताको प्रर्वद्वन गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए ।
कोभिडका कारण थुप्रै सिपमुलक कार्यक्रमहरु स्थगित गर्नुपरेको जनाउदै आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने उनले बताए । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डम्बर भट्टको अध्यक्षमा सम्पन्न समारोहलाई संस्थाका प्रबन्ध निर्देशक प्रेम भाटले संञ्चालन गरेका थिए ।

१५ दिने तालिमको प्रशिक्षण ज्योती केसी तिवारीले दिएकी थिईन् । कार्यक्रममा वडा सदस्य नन्दराम भाट लगायतको उपस्थिति रहेको थियो ।