खेलकुद महासंघ कञ्चनपुरको अध्यक्षमा गणेश चन्द
महेन्द्रनगर । नेपाल खेलकुद महासंघ (नेकोस) कञ्चनपुरको प्रथम जिल्ला अधिवेशनले अध्यक्ष गणेश चन्दको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दिप चन्द, सचिवमा गोविन्द थापा, उपसचिवमा खगेन्द्र बिष्ट, उपसचिवमा धनराज उपाध्याय र कोषाध्यक्षमा गगन क्षेत्री चयन भएका छन् ।
अध्यक्ष चन्दले खेलकुद क्षेत्रको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।