सिनियर डबल्स व्याडमिन्टनको उपाधि बोहरा र सिंहको जोडीलाई

महेन्द्रनगर : सेना दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित पुरुष सिनियर डबल्स व्याडमिन्टन प्रतियोगिताको उपाधि गोकुल बोहरा र्स शेरबहादुर सिंहको जोडीले जितेका छन् ।

मंगलबार बिहान महेन्द्रनगरको कभर्ड हलमा भएको खेलमा प्रतिस्पर्धी चक्र अवस्थी र ज्ञानु डगौंराको जोडीलाई २/१ को सेटमा हराउँदै बोहरा र सिंहको जोडीले उपाधि जितेको हो ।

यसअघि सोमबार साझँ सम्पन्न सेमीफाइनल खेलमा बोहरा र सिंहको जोडीले प्रेमसिंह भाट र प्रकाश पन्तको जोडीमाथि २१–१९, १३–२१ र २१–१५ ले जीत निकाल्दै फाइनलको यात्रा तय गरेका हुन् ।

मंगलबार सम्पन्न फाइनलमा बोहरा र सिंहको जोडीले २१-१२, १३-२१, २१-१२ सेटको जीत निकालेका हुन् । यससँगै अवस्थी र डगौंराको जोडी उपविजेता बनेको छ ।

नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा, भगतपुर ब्यारेकको आयोजना तथा कञ्चनपुर जिल्ला व्याडमिन्टन संघको संयोजनमा सञ्चालन भएको प्रतियोगितामा जिल्लाभरका २८ टीम सहभागी रहेका थिए ।

प्रतियोगिताका बिजयी खेलाडीहरुलाई प्रमाणपत्र, मेडल र ट्रफीसहित पुरस्कृत गरिएको सेनाले जनाएको छ । प्रतियोगिता कञ्चनपुर जिल्ला ब्याटमिन्टन संघको समन्वयमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्