सेना दिवस : डबल्स व्याडमिन्टनमा बोहरा,सिंह र अवस्थी, डंगोराको जोडी फाईनलमा
महेन्द्रनगर : सेना दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित पुरुष सिनियर डबल्स व्याडमिन्टन प्रतियोगिताको फाइनलमा शेरबहादुर सिंह/गोकुल बोहरा र चक्र अवस्थी / ज्ञानु डगौंराको जोडी भिड्ने भएका छन् ।
सोमबार साझँ सम्पन्न सेमीफाइनल खेलमा सिंह र बोहराको जोडीले प्रेमसिंह भाट र प्रकाश पन्तको जोडीलाई २१–१९, १३–२१ र २१–१५ ले जित निकाल्दै फाइनलको यात्रा तय गरेका हुन ।
त्यसैगरी समुह ‘बी’ तर्फ धिरज चन्द र भरत चन्दको जोडीलाई सेमीफाइनलमा हराउँदै अवस्थी र डगौंराको जोडी फाइनल पुगेको हो ।
उक्त प्रतिस्प्रर्धामा अवस्थी र डगौंराको जोडीले १५–२१, २१–१५ र २१–१८ सेटले जित निकालेको हो ।
नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा, भगतपुर ब्यारेकको आयोजना तथा कञ्चनपुर जिल्ला व्याडमिन्टन संघको संयोजनमा सञ्चालन भएको प्रतियोगितामा जिल्लाभरका २८ टिम सहभागी रहेका थिए ।
प्रतियोगिताका बिजयी खेलाडीहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी सहित पुरस्कृत गरिने सेनाले जनाएको छ । फाइनल खेल मंगलबार बिहान कवर्डहलमा हुनेछ ।