धनगढीमा दोधाराचादनीको क्रिकेट खेलाडीमाथि दुव्र्यवहार, विवादास्पद रुपमा मेयर एनपिएल घोषणा

महेन्द्रनगर : धनगढीमा जारी धनगढी मेयर एनपिएल ६ विद्यालयस्तरीय अण्डर १९ टि २० क्रिकेट प्रतियोगितामा विवाद सृजना भएको छ ।

आयोजकले नियमि विपरित सेमिफाइनल खेल खेलाउन खोज्दा विवाद भएको छ । विवादका बिच सेमिफाइनल खेल नै हुन नसकेपछि विवादास्पद निर्णयबाट अत्तरियाको सत्यवती एकेडेमीलाई विजेता घोषणा गरिएको छ ।

शुक्रबार शारदा सरस्वती मावि दोधारा चादनी र सत्यवती एकेडेमीबिच दोस्रो सेमीफाइनल खेल भइरहेको थियो । टस जितेर पहिले ब्याटिंग गरेको सत्यवतीले ८ विकेटको क्षतिमा १०३ रन बनाएको थियो ।

त्यसपछि हावाहुरीसंगै वर्षा भएपछि डिएल विधिबाट खेल छोट्याएर १५ ओभरमा ९३ रनको लक्ष्य दिइएको थियो । जुन विवादास्पद भएको शारदा सरस्वती माविका कोच रमेश साउदले बताए ।

उनका अनुसार सुरुमा बढी बलमा कम रन थियो भने डिएल विधिबाट कम बलमा बढी रन बनाउनुपर्ने भयो । जुन गलत थियो । यसबिचमा निकै विवाद भयो । तै पनि दोधारा ९३ रनको लक्ष्य पछ्याउन तयार भयो । तर आईसीसीका अम्पायर विनय झा संग सल्ला गर्दा १५ ओभरमा ८३ रनको लक्ष्य हुने जानकारी पाएपछि प्रतियोगितामा झन विवाद थपियो । यो लक्ष्य मानेर सत्यवती खेल्न तयार भएन् ।

शनिबार फाइनल खेल तय भएको थियो । तर शुक्रबार सेमिफाइनल नसकिएपछि फाइनल खेल पनि अन्यौल भयो । आयोजकले शुक्रबार साँझ १०–१० ओभरको खेल पुन खेलाउने निर्णय गर्यो । जुन शारदा सरस्वतीले मानेन । यदि लिखित निर्णय गरेर दिएमा पुन खेल्न तयार भएको साउदले बताए । तर प्रतियोगितका अध्यक्ष रामचन्द्र शाहीले शनिबार बिहान लिखित निर्णय दिने भनेपनि फिल्डमा पुग्दा गालीगलौच संगै अभद्र व्यवहार गरेको साउदले बताए ।

‘दोधारा चाँदनी त्यसैमा पिछिडिएको क्षेत्र हो, हामी सामुदायिक विद्यालयबाट प्रतिश्पर्धी भएर सेमिफाइनलमा पुगेका थियौं,’ साउदले भने, ‘तर धनगढीमा हामीमाथि दुव्र्यवहार भयो, यो असहय हो ।’ उनका अनुसार प्रतियोगितामा १ काठमाण्डौं, ८ कैलाली र १ कञ्चनपुरको विद्यालय सहभागी थिए । जसमा सामुदायिकबाट शारदा सरस्वती मात्रै हो । प्रतियोगिता फागुन २ बाट सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्