कंचनपुर क्रिकेट संघको अध्यक्षमा पुन : विरेन्द्र चन्द

महेन्द्रनगर : जिल्ला क्रिकेट संघ कंचनपुरको अध्यक्षमा पुनः विरेन्द्र बहादुर चन्द निर्वाचित भएका छन् । संघको छैठौं जिल्ला अधिवेशनबाट चन्दको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला समिति चयन गरिएको हो ।

संघको उपाध्यक्षमा पुनः लक्ष्मण भट्ट, सचिवमा इन्द्र प्रकाश खरेल र कोषाध्यक्षमा भुवन प्रसाद पन्त चयन भएका छन् ।

त्यसैगरी सदस्यमा दीपकराज चालिसे, बिशाल
सोनार, गणेश आग्री, लक्ष्मी भट्ट, दीपक चन्द, माया रावत सावद र गोपाल दत्त भट्ट निर्वाचित भएका छन् ।

ककञ्चनपुर वाणिज्य संघको सभाकक्षमा बुधबार
सञ्चालित अधिवेशनमा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष ओम बस्नेतको प्रमुख आतिथ्यमा शुरु
भएको कार्यक्रमलाई संघका उपाध्यक्ष लक्ष्मण भट्टले सञ्चालन गरेका थिए ।

कार्यक्रमको सभापतित्व संघका अध्यक्ष विरेन्द्र बहादुर चन्दले गरेको कार्यक्रममा विशेष अतिथिका रुपमा
खेलकूद विकास समितिका अधिकृत गोपाल दत्त भट्ट, सुदूर पश्चिम प्रदेश कमिटिका उपाध्यक्ष दीपकराज चालिसे, लगायत अतिथीहरु थिए ।

छैंठौ जिल्ला अधिवेशनको निर्वाचन समितिमा प्रमुख आयुक्त टेक कठायत, सदस्यमा प्रदेश कमिटि सदस्य भुपेन्द्र धामी र अधिवक्ता एकराज भट्ट रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्