शाहरुख खानको छोरा आर्यनलाई जमानत मिल्यो
महेन्द्रनगर : वलिउड सुपरस्टार शाहरुख खानको छोरालाई आर्यन खानलाई आज जमानत मिलेको छ । क्रुज ड्रग्स केसमा मुछिएका उनि सहित तिनजनालाई पनि अदालतले जमानत दिएको हो ।
बिहिवार बेलुका साढे ४ बजे बम्बै उच्च अदालतले आर्यन सहित उनका तीन साथी अरबाज मर्चेन्ट र मुनमुन धमैचालाई जमानतमा छोड्न आदेश दिएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।
आर्यन भोलि शुक्रवारसम्म जेलबाट मुक्त हुने उनका वकिलले भारतीय सन्चारमाध्यमलाई जनाएका छन् ।
आर्यन पक्राउ परेलगत्तै तनावमा रहेका शाहरुख खानले उनलाई छुटाउन भारतकै ठुला वकिलहरुलाई राखेका थिए । पछिल्लो समयमा संजय दत्त र सलमान खानलाई जमानत दिलाएका वकिललाई बचाउमा राखेका थिए ।