एकीकृत समाजवादी कञ्चनपुरको जिल्ला कमिटी घोषणा, पदाधिकारीमा पुनर्वास र भीमदत्तको दबदबा
महेन्द्रनगर : नेकपा एकीकृत समाजवादी कञ्चनपुरले जिल्ला कमिटी घोषणा गरेको छ । जीवनराज थापाको अध्यक्षतामा १ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।
पार्टी कार्यालय उदघाटन पछि महेन्द्रनगरको मुमताज पार्टी प्यालेसमा पार्टीका केन्द्रिय अध्यक्ष माधव नेपालले जिल्ला कमिटी पदाधिकारीलाई सपथ खुवाएका छन् ।
समाजवादी जिल्ला कमिटीको उपाध्यक्षमा रविन्द्र कुवंर, पूर्णा गुरुङ्ग सचिवमा हरकसिंह धामी, आर.पि सार्की, उप–सचिवमा राजेन्द्र पाण्डेय र लाल बहादुर शाही रहेका छन् ।
जिल्लाका बिभिन्न स्थान १ सय ४४ सदस्यहरु रहेका छन् ।
समाजवादीका कञ्चनपुर अध्यक्ष जीवनराज थापा पुनर्वास नगरपालिकाका मेयर हुन् । उनि नेकपा एमाले कञ्चनपुरका तत्कालिन जिल्ला उपाध्यक्ष हुन ।
जिल्ला कमिटीको पदाधिकारीमा भीमदत्त नगरपालिकाका दुई जनप्रतिनिधीपनि छन् । भीमदत्त नगरपालिका वडा नम्बर ६ का अध्यक्ष हरकसिंह धामी र वडा नम्बर १८ का राजेन्द्र पाण्डेय छन् ।
पदाधिकारीमा भीमदत्त र पूनर्वासको दबदबा छ । सात सदस्यीय पदाधिकारीमा अध्यक्ष थापा सहित ३ पूर्नवास, ३ भीमदत्तबाट प्रतिनिधित्व छ ।
महिला उपाध्यक्ष पूर्णा गुरुङ्ग र सचिवमा आर.पी सार्की पूर्नवासका हुन । उपाध्यक्ष सचिव र उप–सचिव भीमदत्तका हुन् । बेलडाडीबाट उप–सचिवमा मात्र लाल बहादुर शाही छन् ।