युवा व्यवसायी कार्की सह–कोषाध्यक्षमा भिड्दै

महेन्द्रनगर – निर्माण व्यवसायीबीच परिचित नाम बनेका चित्रबहादुर कार्की निर्माण व्यवसायी संघ कञ्चनपुरको आसन्न १५औं महाधिवेशनमा सह–कोषाध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्।

डेढ दशकदेखि निर्माण क्षेत्रमा सक्रिय कार्की ४० वर्षका छन्। उनले करिब १५ वर्षअघि केदार निर्माण सेवा नामक कम्पनी दर्ता गरी निर्माण व्यवसायमा प्रवेश गरेका थिए। व्यवसाय सुरु गरेसँगै उनी निर्माण व्यवसायी संघसँग पनि आवद्ध हुँदै आएका छन्।

वर्तमान कार्यसमितिका सदस्य समेत रहेका कार्की मिलनसार र सहकार्यमा जोड दिने व्यवसायीका रूपमा चिनिन्छन्। उनी भन्छन्, “संघलाई व्यवसायीहरूको हकहितमा काम गर्ने विश्वासिलो संस्था बनाउने हाम्रो एजेन्डा हो। अहिले पनि धेरै व्यवसायी संघ बाहिर छन्, तिनलाई विश्वास दिलाएर संघमा आवद्ध गराउने हाम्रो पहल हुनेछ।”

कार्कीले पुष्पराज अवस्थीको प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन्। अवस्थी प्यानलले अघि सारेका एजेन्डामा संघबाहिर रहेका व्यवसायीलाई आवद्ध गराउने, साना तथा मझौला खालका धराशायी हुन लागेका व्यवसायीलाई सुरक्षित गर्ने पहल, संघको कार्यालयमै ल्याब सञ्चालन गर्ने, व्यवसायी र कार्यालयबीच समन्वय गर्दै अघि बढ्ने जस्ता विषयहरू प्राथमिकतामा रहेका छन्।

सह–कोषाध्यक्षका उम्मेदवार कार्कीले हाल कार्यसमितिको सदस्य रहँदै व्यवसायीहरूबीच सहकार्य र समन्वयलाई प्राथमिकता दिएका छन्। व्यवसायीको समस्या समाधानका लागि सक्रिय रुपमा खटिँदै आएका उनी सबैको रुचिका पात्र बनेका छन्।

निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औं अधिवेशन भदौ २० देखि २१ गतेसम्म महेन्द्रनगरमा हुने कार्यक्रम तय भएको छ। २० गते साधारणसभा तथा उम्मेदवारी दर्ता हुनेछ भने २१ गते निर्वाचन सम्पन्न हुने छ।

More From Author

को हुन् देवीदत्त ? महासचिवमा भिड्दै

वरिष्ठ उपाध्यक्षमा अनुभवी अमर बम

Leave a Reply

Your email address will not be published. Required fields are marked *