बाईँबेडो भयो जिन्दगी (कबिता)
निम्ब तरु
………………
जहाँ पनि उम्रन सक्ने तागत हो यस्को
टट्टीखाना वरिपरि झन् मौलाउदो छ
घरको करङ्सारआँगनको छेउकुना
झन् सप्लाउँदो छ सजिलै
बाईँबेडो
यसलाई कसरी बुझ्छौ कुन्निरु
मसिनोगरि मेलैसित रातै फल्छ जब
जिब्रो ट्वाक्क बज्छ
मुखमा सररर पानी आउँछ
चटनी सम्झेपछि
लसक लसक सिलौटोमा पिसेपछि
धरै छैन् एक ट्वाक १ नचाखेसम्म
हात हातमा बिलाउँछ
डुडुल्नो निल्ने मन हुन्छ
भयो पनि जिन्दगी बाईँबेडो जस्तो
बाईँबेडो भयो जिन्दगी
गोलभेडाले बिस्थापित गरिदियो
गुहेनफेरमा उम्रने भनेर हेपेका
तर छ स्वादको
जाति मानुन् भन्ने पनि छैन् यस्को गन्ध नै छ तिक्खर
गोलभेडाहरु शहर पसे झोराहाट भरिएको छ
भान्सामा पसे तरकारी गोलभेडाबिना अडकिन्छ
बरा १ बाईँबेडा
टिपिगए गाउँलेले टिप्ला
चाकल मारेर चाट्ला
अडकोपड्को भान्सामा घुसिजाला।
बाईँबेडा जस्तो जिन्दगी
तँ गोलभेडा भैदिएको भए छिर्थिस् तारेहोटल
सभाहलमा टाउकामा हान्न हुन्थ्यो
तँ अभागी बाईँबेडै भएरै रह।
निम्बतरु