डा. विदुर चालिसेका समसामयिक लघुकथा : संसद

विकास गर्ने नारा थियो । नारामा दाह्रा र विकाससँग निकासा थियो । एक भेटमा अभागी सेवकहरू कराए ।
‘ताप्के धेरै ताते डढ्छ, बिंड धेरै ताते पोल्छ’
उता स्वयंसेविकाको कुट गुन्जन उफ्रिरहेको थियो । आवाजले सबैलाई आकर्षित गरिरहेको थियो । जम्माजाल उनका साथी खिसिक्क हाँसिदिन्थे । हौसिएर आवाज चर्काए । सबैजनाले ताली पड्काए । अग्राशनको माननीय तिर्मिराए । उनले केही बोल्न खोजे, बोले ।
‘कर उठेपछि तातेको ताप्के र बिंड फूमन्तर’
विचरी स्वयंसेविकाले कुरा बुझिनन् । साथीतिर हेरेर मुखामुख गरिन् । एकछिन सबै चुप लागे । कुनाबाट आवाज आयो ।
‘फतौराको कुरा सुन्यो रु छायाँमा बस्यो । हाई गर्यो ।’
‘अल्छीको जति कुरा जैसी जान्दैन ।’
अर्को कुनाको समूहबाट बेग्लै व्यङ्ग्यको ज्वार छुट्यो । मनका माननीयको मानस ज्वार एकाएक गोजीमा पुग्यो। उनले हल्ला गरे ।
‘एक लुँडो खैनी चिमट्यो । मुखमा हाल्यो । पिच्च गर्यो ’
माननीयलाई अप्ठेरो पर्यो । उनी थु थु गर्दै खैनीको अर्को चूर्ण हालेर मन्तव्य दिन थाले । जनताको स्वास्थ्यलाभ बारेमा गफ र मन्तव्य एकैसाथ चुलिरह्यो । उनले जोसिएर भने ।
‘कराउँदाकराउँदै थुक सकियो ’
रेडियोले एकादेशको विकास बारे महत्वका साथ अग्रगतिमा फुकिरह्यो ।
‘बजेट होलिडे ’
स्वयंसेविकाहरू गलल्ल हाँसे । उनीहरूले माननीयको बजेट होलिडे बारे कुनै कुरा बुझेनन् । सन्नाटा छायो । ख्याँसिएर सबै कराए ।
‘नहल्लिने सारी ’
‘हल्लाएर लगाउनु नि त’
माननीयको कडा जवाफले सबै तरङ्ग दियो । उनीहरूको जरो जर्बुटो खुब हल्लियो। नाकनिक र झाकझिक त्यसै ओइलाउन थाल्यो । स्वयंसेविकाहरूले निस्कँदै असन्तोष प्रकट गरे ।
‘नाटक रिहर्सल
उनीहरू होलिडे मनाउन निकै टाढाटाढा पुगिरहेका थिए तर बाटोमा गाडीको पाङ्ग्रा झरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्